काठमाडौं । सप्तरीको राजविराजमा दुई वर्षअघि शिलान्यास गरेर अलपत्र अबस्थामा छोडिएको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै स्थानीय युवाहरु आन्दोलित भएका छन् ।
उनीहरु बिगत ६ दिनदेखि प्रतिष्ठानको काम अघि बढाउन माग गर्दै आन्दोलनमा रहेका छन् । जिल्ला प्रशासन कार्यालय अगाडि उनीहरु दबाब दिन विभिन्न शैलीमा जुलुस प्रदर्शनसंगै धर्ना बस्दै आएका छन् । बिहीबार एक घण्टा धर्ना बसेका उनीहरु शुक्रबार दिउँसो १२ बजेदेखि २ बजेसम्म दुईघण्टा धर्ना बसिरहेका छन् ।
सप्तरी युथ नेपालका कार्यबाहक अध्यक्ष मोहन यादवले शनिबार १० हजार हस्ताक्षर संकलन गरेर प्रधानमन्त्रीलाई जिल्ला प्रशासन कार्यालय मार्फत पठाउने कार्यक्रम रहेको जानकारी दिए । उनले माग पूरा नभएसम्म संघर्ष जारी रहने बताए ।