काठमाडौं । ‘बैंक अफ दि इयर–२०२३’ को उपाधि प्रभु बैंकले प्राप्त गरेको छ । बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो ।
प्रभु बैंकले जारी गरेको विज्ञप्तिका अनुसार “विश्व अर्थतन्त्र चौतर्फी मन्दीको मारमा रहे पनि प्रभु बैंक नयाँ बजार र ग्राहकहरूको व्यवसायको विकास गर्न चुनौतीहरूको सामना गर्दै आइरहेको छ । अधिक नागरिकलाई वित्तीय सेवा पुर्याएको प्रतिस्पर्धी बैंकका बीचमा विकसित व्यावसायिक वातावरण बनाउन र बलियो वित्तीय कार्यसम्पादन गर्ने क्षमताको मूल्यांकन मापपदण्डका आधारमा अवार्डबाट सम्मानित भएको हो ।”
विश्वव्यापी बैंकिङमा सन् २००० देखि ‘दि बैंकर’ले प्रदान गर्दै आएको ‘बैंक अफ दि इयर’ अवार्ड सबैभन्दा प्रतिष्ठित अवार्ड मानिन्छ । प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौला, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओे) अशोक शेरचनले बेलायतमा भएको समारोहमा सम्मान ग्रहण गरेका थिए । १२० भन्दा वढी देशका ३५० भन्दा बढी बैंकका अध्यक्ष, सीईओ, सीएफओ र अन्य वरिष्ठ प्रबन्धकको अवार्ड वितरण समारोहमा सहभागिता थियो ।