काठमाडौं । नेपाल फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा दुई करोड दुई लाख ४४ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा ८१ लाख ८० हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ७९ करोड २५ लाख दुई हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिमा एक अर्ब ९१ करोड ९७ लाख ६५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३१ करोड ३७ लाख ४८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक करोड ५२ लाख ८६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा २३ करोड ६७ लाख ४८ हजार रुपैयाँ रहेको फाइनान्सको स्प्रेडदर चार दशमलव ४५ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा फाइनान्सले एक अर्ब ८० करोड ७१ लाख नौ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३० करोड ४२ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड ८७ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा ४१ दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ८१ प्रतिशत रहेको थियो ।