काठमाडौं । सिरहामा शम्भु यादवले संचालन गर्दै आएको मोटरसाइकल वर्कसप र बाँकेमा महमद उमरको कवाडी पसलमा आगलागी भएको छ । प्रहरीका अनुसार उक्त आगलागीबाट लाखौँको क्षती भएको छ ।
सिरहास्थित धनगढीमाई नगरपालिका–१० जिरोमाईलस्थित सोही नगरपालिका–१३ भोर्लेनी बस्ने शम्भु यादवको रिना मोटरसाईकल वर्कसपमा शनिबार साँझ आगलागी हुँदा मोटर पार्टस तथा पुराना मोटरसाइकलको पार्टस जलेर करिब पाँच लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै बाँकेस्थित नेपालगंज उपमहानगरपालिका–६ फुलटेग्रास्थित सोही उपमहानगरपालिका–४ न्युरोड बस्ने महमद उमरको गौसिया स्केप सेन्टर(कवाडी पसल)मा आइतबार बिहान आगलागी हुँदा कवाडी सामानहरू जलेर नष्ट भएको छ । क्षतिको विवरण भने हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।