काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेन सङले नेकपा(एकीकृत समाजवादी) पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग भेटवार्ता गरेका छन् । खनाल निवास डल्लुमा आज(आइतबार) बिहान उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको हो ।

पूर्वप्रधानमन्त्री खनालको स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार भेटमा आपसी हित एवं चासोको विषयमा कुराकानी भएको छ ।