काठमाडौं । छुट्टाछुट्टै स्थानमा शनिबार दुई युवा मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार सिन्धुपाल्चोकमा १७ वर्षीय फुलकाजी तामाङ र कपिलवस्तुमा परिचय नखुलेका अन्दाजी २५ वर्षीय युवा मृत फेला परेका हुन् ।
सिन्धुपाल्चोकस्थित चौतारा साँगाचोकगढी नगरपालिका–३ भेडाबारीमा सोही ठाउँ बस्ने फुलकाजी तामाङ शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै, कपिलवस्तुस्थित बुद्धभूमि नगरपालिका–१० स्थित चेतरादेही सामुदायिक वनको बाणगंगा खोला बगरको बयर घारीमा परिचय नखुलेका अन्दाजी २५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।