मोरङ । कोशी प्रदेशका तीन मन्त्रीहरू(माओवादी केन्द्रका गणेश प्रसाद उप्रेती, नेकपा एसका कमलप्रसाद जबेगू र कांग्रेसका शम्शेर राई)को जिम्मेवारी तोकिएको छ । मन्त्रीमण्डलमा रहेका उप्रेतीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाली कांग्रेसका राईले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेकपा एकीकृत समाजवादीका कमल जबेगुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
गत असोज २७ गते नियुक्त भएका मुख्यमन्त्री केदार कार्कीले सोही दिन शमशेर राई र एमालेका राम रानालाई मन्त्री नियुक्त गरेका थिए भने कार्तिक १७ गते माओवादी र एकीकृत समाजवादीका तर्फबाट उप्रेती र जबेगुलाई नियुक्त गरेका थिए । उता एमालेबाट मन्त्री बनेका राम रानाले भने राजीनामा दिइसकेका छन् ।
