काठमाडौं । त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको बोलपत्र आह्वान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ सदस्यीय कमिटी गठन गरेको छ। निर्देशक सुनिल कुमार कुशवाहको नेतृत्वमा प्राधिकरणले बोलपत्रका कागजात तयार गर्न कमिटी गठन गरिएको जनाएको छ। निगमले वार्षिक ३ देखि ४ अर्ब रुपैयाँ आम्दानी गर्दै आएको छ। जसमा करिब १ अर्व रुपैयाँ निगमको नाफा रहने गरेको वित्तिय विवरणबाट देखिने गरेको छ।