काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणका क्रममा भएको भनिएको मिलेमतोबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से) कर्मचारी संघले छानबिन गर्न माग गरेको छ । संघले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा धितोपत्र बोर्डका उच्च अधिकारी र व्यापारिक समूहबीच आर्थिक मिलेमतो भएको भन्ने विषय विभिन्न सञ्चारमाध्यममा बाहिरिएको भन्दै सोबारे छानबिन गर्न माग गरेको हो । कर्मचारी संघले सो विषयमा दोषी भेटिए कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेको छ ।