काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाले यही मंसिर ३० गते आफ्नो आठौं वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभाका लागि संस्थाको यही मंसिर १४ गतेदेखि ३० गतेसम्म सेयर दाखिला तथा खारेजी बन्द हुनेछ । संस्थाको यही मंसिर चार गते बसेको सञ्चालक समितिको दुई सय २७ औँ बैठकले वार्षिक साधारणसभासम्बन्धी निर्णय गरेको हो ।