काठमाडौं । गरिमा विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २० करोड १५ लाख ५४ हजार सात सय ९३ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकले १९ करोड ३३ लाख २८ हजार एक सय २६ रुपैयाँ खुद नाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी पाँच अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा ७८ अर्ब ३६ करोड ४० लाख तीन हजार तीन सय ९० रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्ब २० करोड चार लाख ७७ हजार नौ सय ११ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ८८ करोड ८३ लाख ५० हजार पाँच सय ७२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने वितरणयोग्य नाफा ३८ करोड ६८ लाख ५१ हजार तीन सय ८२ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ७६ अर्ब ९६ करोड ४१ लाख ५८ हजार तीन सय २० रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब २२ करोड ६८ लाख पाँच हजार चार सय चार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ७९ करोड ६२ लाख १७ हजार पाँच सय ११ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने वितरणयोग्य नाफा ६७ करोड ५१ लाख ५५ हजार नौ सय ५९ रुपैयाँ रहेको थियो ।