काठमाडाडौं,अनेरास्ववियु केन्द्रिय कमिटीले एनसेलको कर छलि प्रकरण बिरुद्ध मंगलबार बिरोध प्रदर्शन गरेको छ । एनसेलको कार्ययल नजिकै अमृत साइन्स क्याम्पसबाट अनेरास्ववियु केन्द्रिय कमिटीले आन्दोलन गरेको हो । राज्यको कर छलिगर्ने जुनसुकै गृहको भण्डाफोर गरौ ।
कर छल्ने एनसेको को बहिस्कार गरौं लगायतका नाराहरु लगाएका थिए । एनसेलको अपारदर्शी ठगी धन्दा गर्ने गिरोह बिरुद्ध खबरदारी र्याली गरेको अनेरास्ववियुले जनाएको छ ।
आन्दोलनको नेतृत्व अनेरास्ववियु केन्द्रिय अध्यक्ष समिक बडालको नेतुत्वमा अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष गोबिन्द गिरि, अनेरास्ववियु केन्द्रिय प्रचारप्रसार बिभाग प्रमुख आर बिक्रम ओखेडा,केन्द्रिय सचीव डा सुजन कडरिया,सचीव दिपेश प्रसाइ, अनेरास्ववियु केन्द्रिय स्वास्थ बिभाग प्रमुख कमल राज जोशि सहित करिब ७० जनाको उपस्थितिमा नेपाली झण्डा,प्लेकार्ड,सहित नाराबाजी गर्दै बिरोध र्याली निकालेका थिए । एनसेल प्रकरण काण्डले सबैको ध्यान खिचेको छ । राज्यलाई घाटा लाग्ने गरि एनसेलले गरेको बदमासी बिरुद्ध सबैले आवाज उठाइरहेका छन् ।