काठमाडौं । हिमालयन डिस्ट्रिलरी लिमिटेडले लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको खुद नाफामध्येबाट आफ्ना सेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पुँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
घोषित लाभांशमा १० प्रतिशत बोनस सेयर र करसहित १५ प्रतिशत नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको निर्णय कम्पनीको यही पुस २५ गते हुने २३ औँ वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि कम्पनीको यही पुस १३ गते एक दिनको लागि सेयर दाखिला तथा खारेजी बन्द हुनेछ ।