काठमाडौं । रमेश कर्प(व्यापारिक घर) र बोन्जोय ट्राभल(ट्राभल एजेन्सी)बीच आज समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । रमेश कर्पका हितग्राहीहरुको यात्रा अनुभवलाई सुधार गर्ने र अझ बडी उन्नत बनाउने उद्देश्यअनुरुप उक्त सम्झौता गरिएको हो ।
समझदारीपश्चात विशेष गरी निर्बाध र समृद्ध यात्रा, सर्वोत्कृष्ट यात्रा तथा सम्बन्धित सेवाहरू प्रदान हुने छ । साथै, सेवाहरुमा झण्झट–मुक्त, टिकटिंग सुबिधाहरु, भिसा सहायता, टूर प्याकेजहरू र सुविधाजनक होटल बुकिंगदेखि सजिलो यातायात साधन, छिटो प्राथमिकता चेक–इन सेवा र व्यक्तिगत बैठक र अभिवादन सेवाहरूसम्म रहेका छन् ।
सो अवसरमा रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालले उक्त सहकार्यको बारेमा भने, ‘हाम्रा हितग्राहीहरूलाई अनुपम सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतामा, हामी बोन्जोय ट्राभलसँग हात मिलाउन पाउँदा हर्षित छौं । यो रणनीतिक साझेदारीले हाम्रा कर्मचारी र ग्राहकहरूको यात्राको अनुभवलाई सरल र उत्साहजनक बनाउने हाम्रो दृष्टिकोणसँग मेल खान्छ । ट्राभल उद्योगमा बोन्जोय ट्राभलको विशेषज्ञताले उनीहरूलाई हाम्रा लागि एक आदर्श साझेदार बनाउँछ । यो साझेदारीले उत्कृष्टताको लागि साझा प्रतिबद्धताका साथ दुई औद्योगिक अगुवाहरूको संघलाई जनाउँछ ।’
साथै, रमेश कर्प र बोन्जोय ट्राभल एक फलदायी सहयोगको लागि तत्पर रहेकाले यसमा संलग्न सबै हितग्राहीहरूको समग्र यात्रा अनुभवलाई उत्कृष्ट बनाउने उनको भनाई छ ।