उदयपुर । आफ्नै श्रीमानको हत्या अभियोगमा श्रीमती पक्राउ परेकी छन् । ६० वर्षीय श्याम कुमार राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका–५ दमौटी सुक्लाई बस्ने ४० वर्षीया निर कुमारी रैनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
श्याम गत शनिबार साँझदेखि बेपत्ता थिए । उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा निर कुमारीले घरायसी बिवादको कारण श्यामको घाँटी थिची हत्या गरेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो ।
हत्या गरी घर नजिकै जंगलमा माटोले पुरि स्याउलाले छोपिएर राखेको अवस्थामा उनको शव फेला परेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।