काठमाडौँ, जेठ ६
प्रोग्रेसिभ फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २० लाख १६ सय छ रूपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा दुई करोड ९१ लाख ९० हजार छ सय ८७ रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ८० करोड एक लाख रूपैयाँ रहेको फाइनान्सले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ४८ करोड ९७ लाख १९ हजार नौ सय १७ रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब १७ करोड ८९ लाख ८८ हजार दुई सय १८ रूपैयाँ कर्जा प्र्रवाह गरेको छ ।
सो अवधिमा सात करोड ५९ लाख २४ हजार दुुई सय ५८ रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा दुुई दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा फाइनान्सले एक अर्ब सात करोड नौ लाख ५५ हजार दुुई सय १० रूपैयाँ निक्षेप संकलन गरी ९३ करोड ४१ लाख सात हजार दुई सय छ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड १२ लाख ७७ हजार एक सय ७१ रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ३९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।