काठमाडौँ, जेठ ६ लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १० करोड ७६ लाख तीन हजार पाँच सय ९५ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो मुनाफा १० करोड ७१ लाख ७१ हजार ४८ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी दुुइ अर्ब एक करोड रूपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी पाँच रूपैयाँ ३५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय ३६ रूपैयाँ ९० पैसा रहेको छ ।