प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी सुरक्षा परिषदकी बरिष्ठ निर्देशक इलिन लाउराबीच बिहीबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अमेरिकी राष्ट्रपति जो बाडेनका बिशेष सहायक समेत रहेकी लाउबाचर प्रचण्डलाई भेट्न बिहानै पुगेकी थिइन । भेटवार्तामा दुई मुलुकबीचको समम्बन्ध थप बलियो बनाउने र द्विपक्षीय सहकार्य बढाउने लगायतका बिषकमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।