काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र नेपाल भ्रमणमा रहकी अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायक तथा दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचरबीच भेटवार्ता भएको छ । बुधबार भएको भेटवार्ताले दुई देशबीचको सम्बन्ध प्रगाढ हुने विश्वास लिइएको छ ।
प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
भेटघाटमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डन आर.थम्पसन उपस्थित थिए । यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
