काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडका ग्राहकले तीनवटा संस्थामा छुट पाउने भएका छन् । फाइनान्सका अनुसार मंगलबार संस्थाले गौतम बुद्ध पोलिक्लिनिक प्रालि खरेन्द्रपुर, कपिलवस्तु र हाम्रो केक तथा दूध डेरी खरेन्द्रपुर, कपिलवस्तुसँग समझादारी गरेपछि ती संस्थाहरूको सेवामा छुट पाउने भएका हुन् ।
यो समझदारीअन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरूले मिति २०८० मंसिर १९ देखि २०८१ मंसिर १८ गतेसम्म समृद्धि मोबाइल बैकिङ, डेबिड कार्ड तथा क्युआर प्रयोग गरी समझदारी भएका पोलिक्लिनिक तथा डेरीमा वस्तु तथा सेवाको उपभोग गरी भुक्तानी गर्दा भारी छुट पाउने छन् । यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट खरेन्द्रपुरका शाखा प्रमुख संगिन गैरे, गौतम बुद्ध पोलिक्लिनिक प्रालिका तर्फबाट व्यवस्थापक प्रमुख बाबुराम भुषाल र हाम्रो केक तथा दूध डेरीका तर्फबाट सीतादेवी खासुले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।
फाइनान्सका सम्पूर्ण ग्राहकहरूले गौतम बुद्ध पोलिक्लिनिक प्रालिमा नियमित ओपीडी चार्जमा शत प्रतिशत छुट, वेड चार्ज, एक्स–रे चार्ज, ल्याब चार्जमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट प्राप्त गर्ने छन् । साथै, हाम्रो केक तथा दूध डेरीमा सबै किसिमका बेकरी प्रोडक्टमा पाँच प्रतिशत छुट प्राप्त गर्नेछन् ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरूमार्फत कारोबार गर्दै आएको छ भने आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडजस्ता डिजिटल सुविधाहरू प्रदान गरिरहेको छ ।