काठमाडौं । विराटनगर र सुर्खेतमा भएको आगलागी नियन्त्रणमा नेपाली सेनाले सहयोग पुर्याएको छ । बुधबार मोरङस्थित विराटनगर महानगरपालिकाको कवाडी स्टोरमा लागेको आगोबाट घाइते चार जनालाई सोनाले हवाई उद्धार गरेको थियो भने बिहीबार सुर्खेतमा भएको आगलागी नियन्त्रणमा फौजले सहयोग पुर्याएको हो ।
विराटनगर महानगरपालिका–७, सातघुम्तीस्थित कवाडी स्टोरमा भएको आगलागी भैरव गणबाट खटिएको फौजले नियन्त्रण कार्यमा सघाउ पुर्याउनुको साथै उक्त आगलागीबाट गम्भीर घाइते भएका चार जनालाई नेपाली सेनाको हवाई साधनद्वारा उद्धार गरी काठमाडौं ल्याएको छ ।
त्यसैगरी, आज(बिहीबार) सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कालिञ्चोकस्थित फर्निचर उद्योगमा भएको आगलागी नियन्त्रण गर्न कालीबहादुर गणबाट परिचालित फौजले सहयोग पुर्याएको छ ।