काठमाडौं । घट्टेकुलोमा समृद्धि ब्युटी होम सञ्चालन गरेर महिलाहरूको सौन्दर्य थप्ने काम गर्दै आएकी काभ्रेकी सरस्वती श्रेष्ठले आफूजस्तै महिला दिदी वहिनीहरूलाई स्वरोजगार बनाउने उद्देश्यले मैतीदेवी–डिल्लीबजारमा अझ फराकिलो ठाउँमा सुविधा सम्पन्न पार्लर तथा तालिम केन्द्र समेत सञ्चालनमा ल्याएकी छिन् ।
उनले केही दिनअघि ‘समृद्धि ब्युटी होम’ (मेक अफ तथा तालिम केन्द्र) को उद्घाटन आफ्नै छोरी समृद्धि श्रेष्ठबाट गराइन् । पार्लर सञ्चालन गरेर सरस्वती आफू स्वरोजगार त भएकी छिन् नै अरू महिलाहरूलाई पनि रोजगार दिनुका साथै स्वरोजगार बनाउन तालिम समेत दिइरहेकी छिन् ।
नयाँ ठाउँमा पार्लर तथा तालिम केन्द्र उद्घाटनका अवसरमा नेल टेक्निसियनको तालिम लिएका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । प्रशिक्षार्थीहरू एभ्रिल बस्नेत, अम्बिका विके, गीता, ज्योति गुरुङलगायतलाई मोना अमात्यले तालिम दिएकी थिइन् ।
समृद्धि ब्युटी होममा मेकअप, थ्रेडिङ, टेम्पोरी, स्टेड, रड कर्ली, हेयर आइरन, पार्टेसन, जुरोलगायतका सौन्दर्यसम्बन्धी सम्पूर्ण कामका साथै अन्तर्राष्ट्रियस्तरको हेयर स्टायल, मेकअप, सेल्फ मेकअप, प्रोफेसनल ट्रेनिङलगायतका ब्युटीपार्लरसम्बन्धी दक्ष र अनुभवी प्रशिक्षकबाट सुलभ शुल्कमा थ्यौरी र प्राक्टिकल तालिम दिइने सञ्चालक सरस्वती श्रेष्ठले बताइएकी छन् ।