काठमाडौँ । आइतबारदेखि बस्न लागेको पार्टी केन्द्रीय समिति बैठक लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले बहिष्कार गर्ने भएका छन् । सो पार्टीको ३११ सदस्यीय केन्द्रीय समितिको नामावली असोज ८ गते सार्वजनिक गरेपछिको यो पहिलो बैठक हो ।
मधेश आन्दोलन तथा पार्टीमा योगदान दिएका थुप्रै नेताहरुलाई केन्द्रीय समितिमा नराखेको भन्दै पदाधिकारीसहित सार्वजनिक केन्द्रीय समितिप्रति नेता महतो असन्तुष्ट थिए ।
नेता महतोले पदाधिकारी बैठकमा पार्टीका अध्यक्ष महन्थ ठाकुर स्वयम्ले प्रतिवद्धता गरेका कुराहरु लागु नगरेका कारण बैठक बहिष्कार गरेको बताए । असोज १६ गते बसेको लोसपाको पदाधिकारी बैठकमा अध्यक्ष महन्थ ठाकुरले पदाधिकारी हेरफेर गर्ने, केन्द्रीय समितिमा मान्छे थप्ने, भएका त्रुटीहरु सुधार गर्ने प्रतिवद्धता जनाएका थिए ।