मोरङ । कोशी प्रदेशको नाम खारेजको माग गर्दै झापाको दमकमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई कालो झण्डा देखाइएको छ । आज(मंगलबार) मुख्यमन्त्री कार्कीविरुद्ध परिचानवादीहरुले कोशी नाम खारेज गर, पहिचान विरोधी होसियार भन्दै नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् ।
झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित लागूऔषध नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा उनीमाथि त्यस्तो घटना भएको हो ।
फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानसहितको प्रदेशको नामकरणको माग राख्दै पहिचान पक्षधर निरन्तर आन्दोलनरत छन् ।