काठमाडौँ, जेठ ७
डिप्रोक्स लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २६ करोड ४२ लाख ४१ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा २८ करोड ७२ लाख ५८ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब पाँच करोड ४३ लाख ३५ हजार रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा चार अर्ब ८९ करोड ५९ लाख ५३ हजार रूपैयाँ निक्षेप संकलन गरी १२ अर्ब छ करोड ८१ लाख ४४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा ६६ करोड ७६ लाख ९३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २२ करोड ६७ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ५८ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा संस्थाले तीन अर्ब ३४ करोड ३१ लाख २१ हजार रूपैयाँ निक्षेप संकलन गरी १० अर्ब ६३ करोड सात लाख ९५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५८ करोड ४० लाख २९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ११ करोड ६८ लाख रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ८८ प्रतिशत रहेको थियो ।