काठमाडौँ, जेठ ७
गोर्खाज फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा सात करोड ४६ लाख ५८ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा छ करोड ३५ लाख ३५ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ८६ करोड ६५ लाख ३७ हजार चार सय ५२ रूपैयाँ रहेको फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा छ अर्ब ८२ करोड २४ लाख ४९ हजार तीन सय ७३ रूपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ६८ करोड १० लाख तीन हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा २५ करोड ३१ लाख २७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा चार दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा फाइनान्सले छ अर्ब ८३ करोड ९३ लाख रूपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब १३ करोड ७७ लाख ९३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड ६२ लाख २२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा चार दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।