दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिका–६ नाम्दुकी सविता उप्रेती ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार– २०२३’ बाट सम्मानित भएकी छन् । भारतको नयाँ दिल्लीमा आयोजित १३ औँ अन्तर्राष्ट्रिय मानवअधिकार शिखर सम्मेलनमा उप्रेतीलाई सो सम्मान प्रदान गरिएको हो ।
भारतीय मानव अधिकार परिषद्ले लामो समयदेखि अटिजम भएका बालबालिकाहरूको सेवामा आफ्नो सम्पूर्ण जीवन समर्पित गरेको भन्दै उप्रेतीलाई सो पुरस्कार दिने निर्णय गरेको थियो । यो पुरस्कार १४० सदस्य राष्ट्र भएको मानव अधिकार परिषद्को प्रतिष्ठित पुरस्कार मानिन्छ । ठूलो व्यक्तिगत जोखिम, त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता र महिला, सशक्तीकरण तथा बालबालिका सेवा र वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गर्ने विश्वभरका महिलाहरूलाई यो पुरस्कार दिने गरिन्छ ।