काठमाडौं । लुम्बिनी विकास बैंकले हाल कायम रहेको चुक्ता पुँजी तीन अर्ब ३८ करोड २८ लाख २१ हजार दुई सय ८६ रुपैयाँमध्येबाट आठ दशमलव ५० प्रतिशतका दरले हुन आउने २८ करोड ७५ लाख ३९ हजार आठ सय नौ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको यही मंसिर २५ गते बसेको चार सय ६१ औँ बैठकले लाभांश वितरणसम्बन्धी निर्णय गरेको हो । बैंकका अनुसार घोषित लाभांशमध्येमा चार दशमलव ५० प्रतिशतका दरले हुन आउने १५ करोड २६ लाख २६ हजार नौ सय ५७ रुपैयाँ बराबरको नगद लाभांश र चार प्रतिशतका दरले हुन आउने १३ करोड ५३ लाख १२ हजार आठ सय ५१ रुपैयाँ बराबरको बोनस सेयर रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवम् बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।