काठमाडौं। छिमेक लघुवित्त वित्तीय संस्थाले हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब ८३ करोड ५४ लाख दुई हजार रुपैयाँमध्येबाट १५ प्रतिशतका दरले हुन आउने ४२ करोड ५३ लाख १० हजार तीन सय रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
संस्थाको यही मंसिर २५ गते सोमबार बसेको सञ्चालक समितिको दुई सय ९६ औँ बैठकले उक्त परिमाणमा लाभांश वितरण गर्ने घोषणा गरेको हो । घोषित लाभांशमध्येमा पाँच प्रतिशतका दरले हुन आउने १४ करोड १७ लाख ७० हजार एक सय रुपैयाँ बराबरको बोनस सेयर र १० प्रतिशतका दरले हुन आउने २८ करोड ३५ लाख ४० हजार दुई सय रुपैयाँ बराबरको नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवम् संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।