काठमाडौँ । ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्दै छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले उक्त बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुने जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति रहने बताइएको छ ।