काठमाडौं । सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले शुक्रबारदेखि आमरण अनसन बस्ने भएका छन् । डा. केसीले पत्रकार सम्मेलन गर्दै शुक्रबार बेलुकी ५ बजेदेखि तीन दिने आमरण अनसन सुरु गर्न लागेको बताए ।
केसीले गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने र चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउनुपर्ने माग अघि सारेका छन् । विगतमा भएका सम्झौता, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग डा. केसीले राखेका छन् ।