काठमाडौं । नेपाल लघुवित्त बैर्कस संघले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही पुस छ गते राजधानी काठमाडौंस्थित द एभरेस्ट होटलमा आफ्नो १७ औँ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत संघले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्ने, २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा पारिश्रमिक तय गर्नेलगायतका एजेण्डहरू रहेको संघले जानकारी दिएको छ ।