काठमाडौं  । नेसनल हाइड्रोपावर कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही पुस छ गते काठमाडौंको बालुवाटारस्थित डेलिस ओपेरा रेस्ट्रो एण्ड बैंकेटमा आफ्नो २७ औँ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्नेलगायतका एजेण्डाहरू रहेका छन् ।