काठमाडौं । वैदेशिक रोजगारीका लागि कतारमा रहेका नेपालीलाई समृद्धि फाइनान्सबाट सरल र सहज तरिकाबाट रेमिट्यान्स भित्र्याउने तथा अन्य बैकिङ कारोबारमा सहजीकरण गर्न समृद्धि फाइनान्स कम्पनी लिमिटेड र स्किल्ड आम्र्स फर टे«डिङ एण्ड कन्ट्रयाक्टिङ एण्ड क्लिनिङ सर्भिसेसका व्यवस्थापक गंगाप्रसाद ढकालबीच समृद्धि फाइनान्स काठमाडौंमा समझदारी भएको छ । उक्त समझदारीअन्तर्गत् कतारमा वैदेशिक रोजगारीमा गएका नेपालीले समृद्धि फाइनान्समार्फत आफ्नो परिवारको खाता वा सिधै आफ्नै खातामा रेमिट्यान्स पठाई अनेक बैकिङ सुविधाहरू प्राप्त गर्न सक्ने छन् ।
वैदेशिक रोजगारीमा रहेका वा जान लागेका नेपालीले समृद्धि फाइनान्समा वैदेशिक रोजगारी खाता खोली नियमित रेमिट्यान्स पठाउन सक्ने र यसरी नियमित रेमिट्यान्स प्राप्त गर्ने परिवारले आवश्यकताअनुसार जुनसकै कर्जा सहजरूपमा सहुलियत दरमा विनाझन्झट लिन सक्ने बैंकले जनाएको छ ।