काठमाडौं । सेयर बजारमा उछाल देखिएको छ । साताको सुरुवाती कारोबार दिन आज आईतबार कारोबार खुलेको पहिलो केही समय उच्च अंकले ओरालो लागेको बजार परिसुचक अन्तिम समयमा आएर २७ दशमलव ७५ अंकले उकालो लागेर दुई हजार २२ दशमलव ३५ बिन्दुमा पुग्न सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७० अंकले उकालो लागेर तीन सय ८१ दशमलव शुन्य सात बिन्दुमा चढ्न सफल भएको छ ।
धितोपत्र बजारमा आज दुई सय ९५ वटा कम्पनीहरुको एक लाख एक हजार एक सय २८ पटक सेयर खरिद बिक्री भएको छ । जसबाट एक करोड ७१ लाख ६६ हजार चार सय ६५ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्बक १५ करोड ७८ लाख ४६ हजार नौं सय ७९ रुपैंया पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, सामुहिक लगानी कोष र ट्रेडिङ उपसमुहको सुचक ओरालो लागेका छन् । यि बाहेक बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका नौं वटा उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।