काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग नेपालका लागि क्यानडाका गैरआवासीय राजदूत क्यामेरोन डिन म्याकेले शिष्टाचार भेट गरेका छन् । मन्त्री रिजालको कार्यकक्षमा आज(आइतबार) भएको भेटमा उनीहरूबीच नेपाल–क्यानडा सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।
भेटमा मन्त्री रिजालले पाँच दशक लामो दुईपक्षीय कूटनीतिक सम्बन्ध सौहार्दपूर्ण रहेको बताउँदै क्यानडाली विकास सहायता परिचालनमा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गरेको उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयले जनाएको छ । मन्त्री रिजालले नेपालमा क्यानडाली लगानीकर्ताका लागि सूचना प्रविधि, जलविद्युत्, कृषिमा आधारित उद्योगमा लगानीका पर्याप्त अवसर भएकाले पुँजी परिचालन गर्न आह्वान गरेका छन् ।