म्याग्दी । यही पुस ११ गतेदेखि सुरु हुन लागेको सातौं बागलुङ महोत्सवको उद्घाटन गर्न राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ जाने भएका छन् ।
महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला स्तरमा विकास गर्न लागिएको संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिए । निजी क्षेत्रको छाता सङ्गठन बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस ११ देखि २१ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।
महोत्सवमार्फत आन्तरिक पर्यटकलाई जिल्लामा भित्र्याएर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य रहेको अध्यक्ष कँडेललेको भनाइ छ । महोत्सवमा १२० भन्दा बढी स्टलहरुमार्फत राष्ट्रिय र स्थानीय वस्तु तथा सेवाको प्रदर्शन गरिने उनले बताए । महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएका छन् ।