काठमाडौं । नेपाल इन्भेस्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले क्रिसमस् तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर आफ्ना ग्राहकहरूका लागि विभिन्न अफरहरू सार्वजनिक गरेका छ । जसअन्तर्गत नेपाल इन्भेस्टमेण्ट मेगा बैंकको एनआईएमबी स्र्माट नयाँ रजिस्टर गर्ने चार सय जना (प्रतिसात दिनमा ५० जना) प्रयोगकर्ताहरूले एनआईएमबी स्र्माट रजिस्ट्रेसनबापतको सम्पूर्ण रकम फिर्ता पाउने छन् । साथमा अफर अवधिभर चार जना (प्रति १५ दिनमा एक जना) भाग्यशाली प्रयोगकर्ताहरूले १–१ थान स्मार्ट फोन जित्न सक्ने कुरा बैंकले जनाएको छ ।
नगदरहित कारोबारीलाई प्रोत्साहन तथा प्रयोगकर्ताहरूलाई डिजिटल बैंकिङ प्रयोगमा उत्प्रेरित गर्नको लागि एफवान सफ्टसँगको सहकार्यमा सञ्चालन गरिएको यो अफर यही पौष १ गतेदेखि माघ २९ गतेसम्म सञ्चालनमा रहनेछ ।