काठमाडौ । सेयर बजारमा उछाल देखिएको छ । अघिल्लो दिन २७ दशमलव ७५ अंकले उकालो लागेको सेयर बजार परिसुचक नेप्से साताको दोस्रो कारोबार दिन आज सोमाबार पुन ३८ दशमलव १४ अंकले उकालो लागेर दुई हजार ६० दशमलव ४९ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ५६ अंकले उकालो लागेर तीन सय ९० दशमलव ६३ बिन्दुमा कायम भएको छ ।
धितोपत्र बजारमा आज तीन सय पाँच वटा कम्पनीहरुको एक लाख १३ हजार छ सय ९४ पटक सेयर कारोबार भएकोमा छ । जसबाट दुई करोड १४ लाख ९७ हजार छ सय १९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब ८६ करोड ८१ लाख ७७ हजार पाँच सय ६५ रुपैंयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युत उपसमुहको सुचक ओरालो लागेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।