बीवाईडीको पछिल्लो सफल मोडल डल्फिनले युरोपकै प्रतिष्ठित अवार्ड ‘वेस्ट वाई कार अफ यूरोप–२०२४’ अवार्ड जित्न सफल भएको छ । यो अवार्ड युरोपभर बिक्री हुने कारहरूमध्ये उत्कृष्टलाई ‘अटोवेस्ट’ले प्रदान गर्दै आएको छ ।उक्त प्रतिस्पर्धामा डल्फिनले अवार्ड हात पर्दा ठूला कार निर्माताका बलिया प्रोडक्टलाई उछिन्न सफल भएको हो । उक्त प्रतिस्पर्धामा दोस्रो स्थानमा हुन्डाई कोना र तेस्रो स्थानमा जिपको एभेन्जर परेका थिए । अस्ट्रियाको टिसडार्फ सहरमा रहेको सर्किटमा सबै प्रतिस्पर्धीलाई उतारिको थियो ।
त्यसको लागि युरोपभरका ३१ देशबाट आएका अटोवेस्ट पत्रकारहरूले मतदान गरेर डल्फिनलाई अवार्ड दिएका हुन् । उनीहरूले डल्फिनलाई फिचर लोडेड क्याबिन, आकर्षक डिजाइन, सुरक्षामा अब्बल र गुणस्तरीय प्रविधिको प्रयोग भएको पर्फेक्ट कारको संख्या दिएका थिए । त्यसमा सुरक्षित र सफल ब्लेड ब्याट्रीको प्रयोगले सुरक्षामा नयाँ मानक स्थापित गरेको मानिएको छ । डल्फिनले २० दशमलव शून्य ५७ अंकसहित पहिलो स्थान सुरक्षित गरेको थियो ।
अटोबेस्टका जुरीले पहिलोपटक कुनै पनि बीवाईडीको मोडललाई ‘वेस्ट वाई कार अफ युरोप २०२४ को अवार्ड दिएको हो । अवार्ड दिएपछि अटोबेस्टका अध्यक्ष भान भार्डीले डल्फिनले बजारमा आएदेखि नै उत्कृष्ट पर्फमेन्स दिएको बताए ।
जुरीहरूले डल्फिनको प्रशंसा गर्ने क्रममा यसको साइज, आरामदायी र ड्राइभिङ प्लेजरलाई मुख्य आधार बनाएका थिए । सानो साइजमा धेरै स्पेस पाउन सकिने भएको कारण यसले संसारभर जो कोहीलाई लोभ्याइरहेको छ । अर्को यसको मूल्य पनि विश्वभर नै सबैलाई आश्चर्यचकित बनाउने खालको छ ।नेपालमा पनि केबल ३९ लाख ८० हजारमा डल्फिन खरिद गर्न पाइन्छ । जुन सेग्मेन्टमा डल्फिन उपलब्ध छ, त्यो सेग्मेन्टमा अन्य प्रतिस्पर्धी नै छैनन् भन्न सकिन्छ । यसका साथै, बीवाईडीको इ–प्लेटफर्म ३।० को जुरीहरूले प्रशंसा गरेका थिए । यूरो एनक्यापले गरेको क्र्यास टेस्टमा पाँच स्टार रेटिङ पाउन सफल डल्फिन ३।० इ–प्लेटफर्म र ड्रागन फेस डिजाइनको कारण क्याबिनमा प्रशस्त स्थान भएको कार हो । ह्याचब्याक सेग्मेन्टमा उपलब्ध डल्फिनको लम्बाइ ४२९० मिलिमिटर, चौडाइ छेउमा ऐना फोल्ड गरेको ठाउँसम्म २०१२ मिलिमिटर छ । डल्फिनमा २७०० एमएम लामो ह्विलबेस दिइएको छ । यसमा ३४५ लिटर क्षमताको बुट स्पेस दिएको छ ।
अन्तर्राष्ट्रिय स्पेकमा ६०।४ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री दिइएको छ । नेपालमा भने ५१ किलोवाट आवरको ब्याट्रीमा डल्फिन उपलब्ध छ । बीवाईडीको आफ्नै उत्पादन ब्लेड ब्याट्रीबाट सुसज्जित भएकाले यसको टिकाउपन, सुरक्षा र पर्फमेन्स सबै उत्कृष्ट रहेको छ । यो ब्याट्री कोबाल्ट, म्यानेजेज र निकेलरहित छ । यसमा लिथियम आइरन फस्फेट ९एलएफपी०को प्रयोग गरिएको छ । अटोवेस्ट अवार्ड हात पारेपछि बीवाईडी युरोपका प्रबन्ध निर्देशक मिचेल साउले यो पुरस्कारले कम्पनीलाई नयाँ प्रोडक्ट अझ उत्कृष्ट र कम मूल्यको ल्याउन प्रेरित गरेको बताए ।