काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)सँग नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शना पार्थिरानाले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार प्रधानमन्त्री कार्यालयमा आज(मंगलबार) भएको सो भेटमा नेपाल र श्रीलङ्का सम्बन्धका विविध विषयमा छलफल भएको छ ।