काठमाडौं । सर्वोच्च अदालतमा नियुक्तको लागि प्रस्तावित भएका ६ न्यायाधीशको संसदीय सुनुवाइसम्बन्धी निर्णय आज(बुधबार) आउने भएको छ । उनीहरुलाई न्याय परिषद्ले गत मंसिर ५ गते सर्वोच्चमा नियुक्तिको सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ गत मंसिर २९ देखि थालेको थियो र सोमबार सुनुवाइ सकिएको थियो । संसदीय सुनुवाइ सकिएका प्रस्तावित ६ न्यायाधीशमा सुनीलकुमार पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमान छन् ।
प्रस्तावित न्यायाधीशका विषयमा निर्णय गर्न संसदीय समितिको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । सुनुवाई समितिबाट नाम अनुमोदन भएमा उनीहरू नियुक्तिका निम्ति योग्य हुनेछन् ।