फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही पुस २८ गते काठमाडौंस्थित आम्रपाली बैंकेटमा आफ्नो १४ औँ वार्षिक साधारण गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब १४ करोड ७७ लाख ४५ हजार नौ सय ५६ रुपैयाँमध्येबाट सात दशमलव पाँच प्रतिशतको अनुपातमा आठ करोड ६० लाख ८० हजार नौ सय ४६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
यसबाहेक संस्थाले सोही वार्षिक साधारणसभामार्फत हाल कायम रहेको चुक्ता पुँजीलाई वृद्धि गरी एक अर्ब २३ करोड ३८ लाख २६ हजार नौ सय दुई रुपैयाँ पु¥याउने प्रस्ताव पनि पारित गर्ने तयारी गरेको छ ।