सयपत्री हाइड्रो पावर कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही पुस २१ गते काठमाडौं मैजुबहालस्थित ज्योति बैंकेट एण्ड म्यानेजमेन्टमा आफ्नौ सातौं वार्षिक साधारणसभा गर्न लागेको हो ।

साधारण सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७९÷८० को वित्तीय विवरण पारित गर्नेलगायतका प्रस्ताव अनुमोदन गर्ने तयारी गरेको छ ।