युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही पुस २४ गते बाँकेको कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा आफ्नो नवौं वार्षिक साधारणसभा गर्न लागेको हो ।

संस्थाको यही मंसिर ३० गते बसेको सञ्चालक समितिको ८२ औँ बैठकले वार्षिक साधारणसभासम्बन्धी निर्णय गरेको हो । वार्षिक साधारणसभामार्फत संस्थाले आर्थिक वर्ष २०७९÷८० को वित्तीय विवरण पारित गर्नेलगायतका प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।