चिलिमे जलविद्युत् कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले वार्षिक साधारणसभामार्फत हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट पाँच प्र्रतिशतका दरले हुन आउने ३६ करोड २९ लाख आठ हजार नौ सय ६३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
यसैगरी कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशतका दरले हुन आउने ७२ करोड ५८ लाख १७ हजार नौ सय २७ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गर्नै छ । बार्षिक साधारण सभा सम्वन्धी प्रयोजनको लागि यही पुस आठ गते एक दिनको लागि सेयर दर्ता किताब बन्द हुने कम्पनीको भनाइ छ ।