काठमाडौं । महालक्ष्मी विकास बैंकले छ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको यही पुस तीन गते मंगलबार बसेको पाँच सय ७९ औँ बैठकले आर्थिक वर्ष २०७९÷८० सम्मको नाफा रकमबाट २०८० असार मसान्तसम्ममा कायम रहेको चुक्ता पुँजी चार अर्ब १७ करोड १३ लाख १८ हजार छ सय रुपैयाँको छ दशमलव ४० प्रतिशतका दरले हुन आउने २६ करोड ६९ लाख ६४ हजार तीन सय ९० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
यो लाभांश कर प्रयोजनको लागि समेत भएको बैंकको भनाइ छ । लाभांश वितरण सम्बन्धमा सञ्चालक समितिको बैठकले गरेको यो निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवम् बैंंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।