काठमाडौं । सेयर बजारको उकालो यात्रामा ब्रेक लागेको छ । अघिल्लो दिन ३५ अंकले बढेर सात भन्दा बढीको सेयर किनबेच भएकोमा साताको अन्तिम कारोबार दिन आज बिहिबार सेयर बजार परिसुचक ३२ दशमलव ७७ अंकले ओरालो लागेर २१ सय नौं दशमलव १० बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ अंकले ओरालो लागेर तीन सय ९६ दशमलव ६२ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय चार वटा कम्पनीहरुको एक लाख ११ हजार नौं सय ८० पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड ७१ लाख ७२ हजार एक सय ४९ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम छ अर्ब २७ करोड ४३ लाख २४ हजार आठ सय ११ रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्सें) आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये उत्पादनमुलक र टे«डिङ उपसमुहको सुचक उकालो लागेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।