काठमाडौं,नेकपा माओवादीले फेरि समानान्तर अदालतको अभ्यास गरेको छ । मालोवादीको भातृ संगठन अखिल (क्रान्तिकारी) नवलपरासीले थान प्रसाद गैरेलाई सामाजिक बहिष्कार गरेको छ ।
उक्त संगठनले गैरेलाई भू माफिया भनि समाजिक बहिष्कार गर्ने बताएको छ । उस्का अनुसार गैरेले जनसेवा मा.वि.को नाममा रहेको १५ कठ्ठा जग्गा हडपेर श्रीमतीको नाममा दर्ता गरी कब्जा गरेको,तत्कालिन गा.वि.स. अध्यक्ष र बिभिन्न समयमा सार्वजनिक पदमा हुँदा पदको दुरुपयोग गरेको,नैतिक तथा सांस्कृतिक रुपमा पतन भएको भन्दै सामाजिक बहिष्कार गरेको छ ।
अखिल क्रान्तिकारि नवलपरासीले तकाल गैरेले हडपेको जमिन फिर्ता नदिए,आचरण नसुधारेमा थप कारबाही गर्ने बताएको छ । माओवादीको यो खालको आचरणले जनयुद्धको समयको झल्को दिएको छ । गलत गर्नेलाई कानुनी कारबाही राज्यले गर्नुपर्नेमा माओवादीले कारबाही गर्नुलाई माओवादीले फेरि समानान्तर अदालतको अभ्यास गरेको अर्थ लागेको छ ।