काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरुको प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको छ । सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका शेरबहादुर देउवा, एमालेका केपी शर्मा ओली रहेका छन् भने साथमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी भएका छन् ।